द रकदेखि अक्षयसम्म २०२० मा सर्वाधिक कमाइ गर्ने १० अभिनेताहरु

द रकदेखि अक्षयसम्म २०२० मा सर्वाधिक कमाइ गर्ने १० अभिनेताहरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – फोर्ब्स म्यागेजिनले २०२० मा विश्वमै सर्वाधिक कमाइ गर्ने १० अभिनेताहरुको सुची सार्वजनिक गरेको छ । सुचीको अग्रस्थानमा अमेरिकन अभिनेता ड्वेन जोनसन (द रक) छन् ।

उनको कुल कमाइ ८७.५ मिलियन अमेरिकी डलर (१०४७ करोड नेपाली) छ । द रकका सिनेमा ‘जंगल क्रुज’ र ‘रेड नोटिस’ पाइपलाइनमा छन् ।

७१.५ मिलियन डलर (८५८ करोड नेपाली) कमाइसहित सुचीको दोस्रो स्थानमा अमेरिकन तथा क्यानेडियन अभिनेता रियान रेनोल्ड्स रहेका छन् । रियानका पाइपलाइनमा चार सिनेमा ‘फ्रि गाइ’, ‘द क्रूडस २’, ‘द हिटम्यान्स वाइफ्स बडीगार्ड’, ‘रेड नोटिस’ छन् ।

अर्का अमेरिकन अभिनेता मार्क वाहबर्ग सुचीको तेस्रो नम्बरमा छन् । उनको कुल कमाइ ५८ मिलियन डलर (६९४ करोड नेपाली) छ । यस्तै ५५ मिलियन डलर (६५८ करोड नेपाली) कमाइसहित सुचीको चौथों स्थानमा अभिनेता  बेन एफिलेक परेका छन् ।

पाचौँ नम्बरमा रहेका अभिनेता भिन डिजेलको कुल कमाइ ५४ मिलियन डलर (६४६ करोड नेपाली) छ ।

छैटौँ नम्बरमा बलिउड अभिनेता अक्षय कुमार परेका छन् । उनि यो सुचीमा पर्ने एक मात्र बलिउड अभिनेता हुन् । उनको कुल कमाइ ४८.५ मिलियन डलर (५८० करोड नेपाली) छ ।

सातौँ नम्बरमा रहेका अभिनेता तथा संगीतकार लिन-मानुएल मिरांडाको कुल कमाइ ४५.५ मिलियन डलर (५४४ करोड) छ । यस्तै सुचीको आठौँ नम्बरमा अभिनेता विल स्मिथ परेका छन् । उनको कमाइ ४४.५ मिलियन डलर (५३२ करोड नेपाली) रहेको छ ।

नवौँ नम्बरमा रहेका  अभिनेता  एडम स्यान्डलरले ४१ मिलियन डलर अर्थात ४९० करोड नेपाली कमाइ गरेका छन् । दशौँ नम्बरमा रहेका हङकङका अभिनेता ज्याकी चेनको कुल कमाइ ४० मिलियन डलर (४७८ करोड नेपाली) रहेको छ ।