anmol jasita

कृष्ण मल्ल निर्देशित ‘श्रीमती जिन्दावाद’ शुक्रबारदेखि युट्युबमा

कृष्ण मल्ल निर्देशित ‘श्रीमती जिन्दावाद’ शुक्रबारदेखि युट्युबमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – यतिबेला हांस्य सिरियलहरूले बजार पिटीरहेको अबस्थामा अर्को हांस्य सिरियल आउने भएको छ । हांस्य र पारिवारिक रूपमा निर्माण गरिएको यो सिरियल १३ बर्ष अगाडि नेपाल टेलिभिजनबाट प्रसारण भएको थियौ ।

त्यतिबेला दर्शकहरू माँझ राम्रो छाप छोडेको सिरियस श्रीमती जिन्दावादलाई दर्शकहरूको चाहना र बदलिंदो परिस्थिति अनुरूप यूट्यूब मार्फत प्रसारण गर्न लागिएको जानकारी निर्देशक एबं कलाकार कृष्ण मल्लले बताए । यो सिरियल ओरेन्ज प्रोडक्शन हाउस ले Global Orange TV hd( online chanel) मा हेर्न पाईने छ ।

विशुद्ध मनाेरञ्जन पस्कने यसकाे उद्देश्य रहेता पनि स्वस्थ ,साैन्दर्य र सामाजिक परिवेशका बिषयहरूलाई सिरियलले प्रस्तुत गर्ने लक्ष्य लिएको छ । आज देखि प्रत्येक शुक्रवार ५ वजे ‘श्रीमती जिन्दावाद’ ग्लोबल ओरेन्ज टिभि यूट्यूबमा मार्फत धारावाहिक रूपमा प्रसारण हुनेछ । यो धारावाहिक सिरियललाई नेपाल टेलिभिजनमा प्रसारण हुने कार्यक्रम क्ल्याप बोर्डका प्रस्तोता राजन घिमिरेले निर्माण गरेका हुन्

कृष्ण मल्लद्वारा निर्देशित यस धारावाहिकमा कृष्ण मल्लका साथमा शर्मिला मल्ल,रमेश बुढाथाेकी,सुभाष गजुरेल,नारायण त्रिपाठी,स्व.भिम बहादुर थापा,निला बस्नेत,रवि डङ्गाेल, उतम के सी, पल्लवी भट् लगायतका कलाकारहरुको अभिनय रहेको छ।

निर्देशक कृष्ण मल्लका अनुसार निकट भविष्यमा नै अर्काे धारावाहिक ‘ताताे न भुत्लाे’ नामक सिरियल प्रशारण हुने छ। जसकाे शीर्षक गित कृष्ण मल्लले लेखेको हुन भने सम्राट थापाकाे संगित र शंकर श्रेष्ठकाे आबाजमा गीत रेकर्ड भैसकेको छ ।