गायनमा नीताको डेब्यु, ल्याउदैछिन् ‘श्री गणेश’ भजन

गायनमा नीताको डेब्यु, ल्याउदैछिन् ‘श्री गणेश’ भजन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेत्री नीता ढुंगानाले गायन विधामा हात हालेकी छन् । केहि दिन अगाडी उनले पहिलो पटक आफ्नै स्वरमा धार्मिक गीत ‘श्री गणेश भजन’ रेकर्ड गराएकी थिइन् ।


हालै मात्र उक्त गीतको छायांकन गरिएको छ । गीतमा नीता स्वयम् फिचर्ड छिन ।  ठुलो बजेटमा खिचिएको भिडियो नीताले आफ्नै लगानीमा नीता फिल्म्सको व्यानरबाट निर्माण गर्दैछिन । त्यसैले उनि भन्छिन ‘आफ्नै निर्माण, गायन र अभिनय रहने भएकाले पनि मेकिङमा कुनै कमि हुन् दिएकी छैन । हामीले लाखौँको मुल्यमा गणेश जीको मुर्ति तयार गरेका छौँ ।’

पहिलो गीत भजन नै किन ? भन्ने प्रश्नमा उनि भन्छिन ‘हिन्दु धर्म र भक्तिभाव मेरो बच्चादेखिको सोख हो । गणेश भगवानको अनुयायी भएकाले पनि गायन यात्रा यहिबाट सुरु गरेँ । नेपाली संस्कार अनुसार प्राय: काम सुरु गर्दा गणेशको नै पूजा गरिन्छ । त्यसैले पनि गायनको सुरुवातमा गणेश जीको भजन मेरो प्राथमिकतामा परेको हो ।’

रामजी लामिछानेको कोरियोग्राफी गरेको गीतको भिडियोमा संजय लामाको छायांकन र बनिश शाहको सम्पादन रहनेछ । नीताले यो गीत आफ्नै युट्युब च्यानल ‘नवनीता इन्टरटेनमेन्ट’बाट सार्वजनिक गरिने पनि बताइन ।