संचारकर्मी ज्ञवालीको ‘डार्क मून’ सार्वजनिक

संचारकर्मी ज्ञवालीको ‘डार्क मून’ सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – संचारकर्मी रामजी ज्ञवालीले आफु निर्देशित नयाँ सर्ट सिनेमा ‘डार्क मून’ सार्वजनिक गरेका छन् । ज्ञवालीले यसअघि ‘लकडाउन’ नामक सर्ट सिनेमा पनि सार्वजनिक गरिसकेका थिए ।


आमाले सन्तानप्रतिको कर्तव्य बिर्सिदा उनिहरुको भविश्य कतातिर धकेलिन्छ ? भन्ने कथा उठाएको ‘डार्क मून’मा सम्पादक साहिल खानसहित सूर्या थापा, क्रिजन गौतम, तनुजा कार्की, निशाव लम्साल र यूमी बराललगायतले अभिनय गरेका छन् ।

प्रदीप भारद्वाजले लेखेको सिनेमामा नवराज उप्रेतीको छायांकन, सुदिप बरालको डिओपी, एलिश कार्कीको ब्याकग्राउण्ड स्कोर, विशाल निरौलाको गायन/संगीत र साहिल खानको सम्पादन छ ।

सिनेमामा कृष्मा गौतम र सारा भूर्तेलको लगानी छ । संचारकर्मी ज्ञवालीले यो सिनेमा ‘द सेलेब्रेटी टाइम्स’ युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।