फ्लोरमा नजाँदै ‘चिसो मान्छे’को रिलिज डेट तय

फ्लोरमा नजाँदै ‘चिसो मान्छे’को रिलिज डेट तय

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – वर्तमानका चर्चित निर्देशक दीपेन्द्र के खनालले केहि साता अगाडी दुई सिनेमा ‘चिसो मान्छे’ र ‘लकडाउन’ निर्माण घोषणा गरेका थिए ।


जसमध्ये उनले सिनेमा ‘चिसो मान्छे’को छायांकन अगावै रिलिज डेट तय गरेका छन् । उनले यो सिनेमालाई आगामी वर्षको भदौ ११ गते रिलिज गर्ने जानकारी दिए ।

उनले सिनेमाको लोगो पोस्टर पनि सार्वजनिक गरेका छन् । लकडाउनको समयमा नेपाली सिनेमाको कार्यलाई चलायमान बनाउने हेतुले ‘चिसो मान्छे’को काम अगाडी बढेको उनले बताए ।

सामाजिक कथाबस्तुमा निर्माण हुने सिनेमाको स्क्रिप्ट खनाल आफैले लेखिरहेका छन् । कोरोनाको परिस्थिति सामान्य हुन बितिकै सिनेमाको छायांकन सुरु गरिने उनले बताए ।

डिएस डिजिटलको व्यानरमा निर्माण हुने सिनेमामा शर्मिला पाण्डेले लगानी गर्नेछिन । दीपेन्द्र र शर्मिलाको सहकार्यमा पछिल्लो सिनेमा ‘आमा’ बक्सअफिसमा सफल भएको थियो ।