‘गोबर गणेश’को गरियो शुभसाइत, मुख्य कलाकारमा जयकिसन

‘गोबर गणेश’को गरियो शुभसाइत, मुख्य कलाकारमा जयकिसन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – कोरोना महामारीलाई नियन्त्रण गर्न सरकारले काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेको छ । यस्तै देशभरका आधा भन्दा बढी जिल्लामा लकडाउन छ ।

कोरोनाको संक्रमण बढ्दै गएपछि जनजीवन अस्तव्यस्त हुँदा महामारीबाट सिनेमा क्षेत्र पनि अछुतो छैन । विगत ६ महिनादेखि सिनेमाका काम रोकिएका छन् । तर, यसबीचमा निर्देशक कल्याण अधिकारीले सिनेमा ‘गोबर गणेश’को शुभसाइत गरेका छन् ।


आइतबार भद्रकाली मन्दिरमा सिनेमाको पूजा गरेको निर्माण पक्षले कोरोना स्थिति सामान्य भएपछि छायांकनमा जाने बतायो ।

एक्सन कमेडी जनरामा निर्माण हुने ‘गोबर गणेश’मा जयकिसन बस्नेत, सिएम भारद्वाज सुवेदी, मुनम मल्ल ठकुरी, भोमन कटुवाल, राजु किराँत, हिमाल राई, अजय खड्का, शिशिर भट्टराई, टेकेन्द्र न्यौपाने, सम्पूर्ण सुनार, प्रेम दुध राज, देव गौतम, सुविन थिङलगायतको अभिनय रहनेछ ।


हरि कुमार कटुवालले निर्माण गर्ने सिनेमामा राजु किराँतको द्वन्द्व, माधव भण्डारी/रिमेस कुमारको संगीत, अनिलकुमार महर्जनको सम्पादन र भोमन कटुवालको कथा तथा संवाद रहनेछ ।