Social Blade: इन्स्टाग्राममा प्रियंकाका भन्दा अदितिका फलोअर्स धेरै

Social Blade: इन्स्टाग्राममा प्रियंकाका भन्दा अदितिका फलोअर्स धेरै

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – इन्स्टाग्राममा सबैभन्दा पहिले १ मिलियन अर्थात १० लाख फलोअर्स कमाउने नेपाली सेलेब्रेटी प्रियंका कार्की हुन् । प्रियंकाको फलोअर्स १० लाख पुगेको भोलिपल्ट अभिनेत्री अदिति बुढाथोकीले पनि यो माइलस्टोन पार गर्न सफल भईन ।


त्यसको केहि दिन पछाडी अभिनेत्री मनिषा कोइरालाका फलोअर्स पनि १० लाख काटे । यी तीन अभिनेत्रीहरु फोटो संजाल इन्स्टाग्राममा १० लाख फलोअर्स भएका नेपाली सेलेब्रेटी हुन् ।

कसको फलोअर्स धेरै ?

मनिषा, प्रियंका र अदितिको फलोअर्स संख्यामा खास्सै भिन्नता छैन । बरु केहि समय अगाडीसम्म सर्वाधिक फलोअर्स भएकी प्रियंका अब भने दोस्रो स्थानमा झरेकी छन् । उनलाई नम्बर १ बाट अदितिले रिप्लेस गरेकी हुन् ।

‘सोसियल ब्लेड’ जानकारी अनुसार अदितिका १० लाख ७४ हजार बढी फलोअर्स छन् । भने, प्रियंकाका १० लाख २३ हजार बढी फलोअर्स पुगेका छन् ।

यस्तै मनिषालाई इन्स्टाग्राममा १० लाख १७ बढीले पछ्याउछन । यी तीनै जना अभिनेत्रीहरुलाई ‘सोसियल ब्लेड’ले ‘बि प्लस’ ग्रेडमा राखेको छ ।

Social Blade information

अभिनेत्री स्वस्तिमा खड्का पनि १० लाख फलोअर्सको नजीक पुगेकी छन् । भर्खरै ९ लाख फलोअर्स कटाएकी स्वस्तिमालाई ‘सोसियल ब्लेड’ले ‘बि’ ग्रेडमा राखेको छ ।