ध्रुवको ‘शून्य’मा कोरोनाले निम्त्याएको शून्यता

ध्रुवको ‘शून्य’मा कोरोनाले निम्त्याएको शून्यता

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – विदेशमा बसेर पनि नेपाली कलाकारितामा निरन्तर लागिरहेका सिनेकर्मी ध्रुव दत्त अभिनित लघु सिनेमा ‘शून्य’ सार्वजनिक भएको छ । सिनेमामा ध्रुवको एकल अभिनय छ ।


९ मिनेट १ सेकेण्ड लामो सिनेमाले कोभिड-१९ महामारीको समयमा जन्मभूमिमा आफन्त गुम्दा विदेशबाट फर्किन नपाउने नेपालीको कथा भन्छ । सिनेमाको निर्देशन पुराना सिनेकर्मी सनम वैरागले गरेका हुन् ।

भिजन संसारको प्रस्तुति र डिडी इन्टरटेनमेन्टको सहकार्यमा निर्मित सिनेमामा शशी थापा सुब्बा, सुस्मिता थापा, अभिमन्यू वैराग र सनम वैरागले स्वराङ्कन गरेका छन् ।

कृष्णबहादुर लाम्गादेले निर्माण गरेको सिनेमामा गोपी सापकोटाको कथा र शन्तकुमार राईको छायांकन छ ।