भुवनको निरन्तर ३७ वर्षे यात्रा…

भुवनको निरन्तर ३७ वर्षे यात्रा…

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बि.स. २००८ सालमा नेपाली भाषाको पहिलो सिनेमा ‘सत्य हरिशचन्द्र’ प्रदर्शनमा आयो । त्यसको झन्डै १४ वर्षपछि नेपालमै निर्माण भएको ‘आमा’ रिलिज भयो । १४ वर्षको अन्तरालमा नेपाली भाषामा निर्माण भएको ‘आमा’ नै दोस्रो सिनेमा थियो ।


त्यसपछि ३-४ वर्षको अन्तरालमा एउटा-एउटा सिनेमा रिलिज हुन् थाले । ‘सत्य हरिशचन्द्र’ रिलिज भएको ३१ वर्षसम्म नेपालमा १२ ओटा सिनेमा मात्र रिलिज भएका थिए । २०४० सालको बैशाख १ गते रिलिज भएको १३ औँ सिनेमा ‘जुनी’बाट सदाबहार अभिनेता भुवन केसीले डेब्यु गरे ।

नेपाली सिनेमामा अमुल्य ३७ वर्ष योगदान दिइसकेका भुवन अहिले पनि सक्रिय छन् । एक-से-एक सफल सिनेमा दिएका भुवनको आज विश्वकर्मा पूजाको दिन जन्मदिन परेको छ । २०१५ सालमा जन्मिएका भुवन ६२ लागेका छन् ।

इतिहास केलाउदा भुवन नेपाली सिनेमाका अब्बल अभिनेताको रुपमा अग्रपंतिमा आउछन । उनि कम तर स्तरीय सिनेमा गर्ने अभिनेताको रुपमा पनि चिनिन्छन ।

रोमान्टिक हिरोको छवि बनाएका भुवन पछिल्लो समय सिनेमा निर्माण र निर्देशनमा जमेका छन् । सन् २०१६ मा आफ्नै छोरा अनमोल केसी अभिनित सिनेमा ‘ड्रिम्स’बाट निर्देशनमा हात हालेका भुवन होमप्रोडक्सनको ‘पारस’ र ‘एन्टीहिरो’को तयारीमा छन् ।

भुवनले आफ्नो करिअरमा ‘कुसुमे रुमाल’, ‘सम्झना’, ‘साइनो’, ‘कन्यादान’, ‘चिनो’, ‘टुहुरो’, ‘दक्षिणा’, ‘नाता’, ‘राँको’, ‘करोडपति’, ‘नेपाली बाबु’, ‘सुपरस्टार’, ‘बादलपारी’, ‘जिद्दी’, ‘बाबुसाहेब’, ‘म तिमि बिना मरिहाल्छु’ लगायतका सिनेमा अभिनय गरेका छन् ।

भुवन अभिनित पछिल्लो सिनेमा ‘मिस्टर नेपाली’ थियो । तर, यो सिनेमा बक्सअफिसमा सफल हुन सकेन ।

भुवनले आफ्नो करिअर एक गायकको रुपमा अगाडी बढाएका थिए । सिनेमा डेब्यु अगाडी नै ‘मायालु तिमि टाढा’ बोलको गीत रेकर्ड गराएका भुवन नेपाली म्युजिक भिडियोका पहिलो मोडलसमेत हुन् ।