आकाश, सलोन र रेखाको ‘हिड्दा हिड्दै’ घोषणा

आकाश, सलोन र रेखाको ‘हिड्दा हिड्दै’ घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – आकाश श्रेष्ठ र सलोन बस्नेतको मुख्य भूमिका रहने सिनेमा ‘हिड्दा हिड्दै’को घोषणा गरिएको छ । राजधानीमा एक कार्यक्रमका बीच सिनेमाको घोषणा गरियो ।

युवापुस्ताको प्रेम, विछोड र पिडा कथामा बन्ने सिनेमाबाट नव अभिनेत्री रेखा शाहले डेब्यु गर्नेछिन । सिनेमाको कथा मुख्य कलाकार आकाश, सलोन र रेखाको वरिपरि घुम्नेछ । भने, विकास थापाले पनि कलाकारको रुपमा रहनेछन ।

सुशिले पंगेनीले लेखेको सिनेमालाई मिलन आले मगरले निर्देशन गर्नेछन् । काठमाडौँ र तराईका बिभिन्न भूभागमा खिचिने सिनेमामा सुमनकुमार तन्डुकारको छायांकन, देव महर्जनको एक्सन, बसन्त सापकोटाको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहनेछ ।

नारायण सुशील पंगेनी इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने सिनेमामा दिल लामा, राजकुमार थिङ र पारस गुरुङको लगानी रहनेछ ।

कोरोना महामारीका कारण ६ महिनादेखि ठप्प नेपाली सिनेमा क्षेत्र बिस्तारै चलायमान हुन थालेको छ । लकडाउन खुलेपछि सिनेमाका केहि गतिबिधिहरु बढ्न थालेका छन् । तर, सरकारले छायांकन र रिलिजको लागि कुनै निर्णय नसुनाउदा सिनेकर्मी दोधारमा परिरहेका छन् ।