‘रेड वाइन’मा पल र साम्राज्ञीको जोडी

‘रेड वाइन’मा पल र साम्राज्ञीको जोडी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेता पल शाह र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले पहिलो पल्ट सँगै सिनेमा खेल्ने भएका छन् ।

यी दुईको मुख्य भूमिका रहने सिनेमा ‘रेड वाइन’को घोषणा गरिएको छ । लामो समयदेखि संचार क्षेत्रमा सक्रिय रमेश एमके पौडेलले यो सिनेमाको निर्माण र निर्देशन गर्नेछन् ।

हाल अमेरिकामा रहेका पौडेलले यसअघि सिनेमा ‘रुद्रप्रिया’ र ‘रज्जा रानी’ निर्माण गरिसकेका छन् । बिशुद्द प्रेमकथामा आधारित रहने सिनेमाको सम्पूर्ण छायांकन अमेरिका मै हुनेछ ।

निर्माता पौडेलकै कथा र गीत लेखन रहने सिनेमामा सन्दिप क्षेत्री र अमेरिका मै बसोबास गर्ने इमिली लामाको पनि अभिनय रहनेछ । भने, पटकथा र संवाद सबिर श्रेष्ठले तयार गरेका छन् ।

निर्माता तथा निर्देशक रमेश एमके पौडेल

आर्यन फिल्मस् प्रोडक्सन र बोधी एचडी अमेरिकाको व्यानरमा निर्माण हुने सिनेमामा पासाङ लामा र आर्यन पौडेलको लगानी रहनेछ । भने, सह निर्मातामा निरु भण्डारी रहनेछिन ।

दशैँ-तिहार बीचको समयमा अमेरिकामा छायांकन सुरु हुने ‘रेड वाइन’ निर्माण कार्यमा ‘८८४८’ मिडियाको पनि आबद्दता रहनेछ ।