पुष्प र दीपिकाको ‘कृष्णलीला’

पुष्प र दीपिकाको ‘कृष्णलीला’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ‘रोल्पा रोग’, ‘पण्डित बाजेको लौरी’ र ‘कुम्भ करण’ जस्ता सिनेमा निर्देशन गरिसकेका निर्देशक दीपक ओलीले नयाँ सिनेमा घोषणा गरेका छन् । उनले निर्देशन गर्ने नयाँ सिनेमा ‘कृष्णलीला’ हो ।

यो सिनेमाको मुख्य कलाकारमा पुष्प खड्का र दीपिका प्रशाई छन् । यी दुईले पहिलो पटक स्क्रिन साझेदारी गर्न लागेका छन् । रोमान्टिक सस्पेन्स कथामा निर्माण हुन लागेको सिनेमामा बुद्धि तामाङ र रविन्द्र झाको पनि प्रमुख भूमिका रहनेछ ।

इलाम र तराईका जिल्लामा खिचिने सिनेमाको छायांकन असोज १५ देखि सुरु गर्ने निर्माण पक्षको योजना छ । संचारकर्मी/निर्देशक लक्ष्मण सुवेदीले लेखेको सिनेमामा रत्न श्रेष्ठको निर्माण रहनेछ । भने, रोहित कट्टेल प्रस्तुतकर्ता रहनेछन ।