आकाशको अनटाइटल प्रोजेक्टमा सौगात र शिव

आकाशको अनटाइटल प्रोजेक्टमा सौगात र शिव

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – कलाकार तथा निर्देशक आकाश अधिकारीले नयाँ सिनेमा तयारीमा जुटेका छन् । प्रि प्रोडक्सन चरणमा रहेको उक्त अनटाइटल सिनेमाको कास्ट एण्ड क्रु सार्वजनिक गरिएको छ ।

अधिकारीकै निर्देशन, कथा र अभिनय रहने सिनेमाका मुख्य कलाकारहरुमा सौगात मल्ल, शिव श्रेष्ठ, रविन्द्र झा, सुनिल कटुवाललगायत छन् । यस्तै नव विजय प्रकाश श्रेष्ठ, विजय उप्रेती र सजल लोप्चनको पटकथा संवाद रहने सिनेमालाई द स्काई मुभिजको व्यानरमा निर्माण गरिनेछ । सिनेमा सस्पेन्स थ्रिलर जनरामा निर्माण हुनेछ ।

स्काई मुभिजको यो सातौँ सिनेमा हो । सन् १९९८ मा सिनेमा ‘रणभुमि’ निर्माण गरेको यो व्यानरले पछिल्लो पटक ‘के म तिम्रो होइन र’ रिलिज गरेको थियो ।

अधिकारीको १३ औँ निर्देशकीय सिनेमामा नवराज कृष्ण थापाको छायांकन, राजनराज सिवाकोटी/शिखर सन्तोषको संगीत, अम्बिका शर्मा/राजनराजको शब्द रचना र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।

क्लाउडिया अधिकारीको प्रोडक्सन डिजाइन रहने सिनेमाको सहायक निर्देशकमा दीपत प्रकाश अधिकारी रहनेछन । तिहारपछि खिचिने सिनेमाको छायांकन मिति भने तय भइसकको छैन ।