मिलन चाम्सको अनटाइटल प्रोजेक्टमा साम्राज्ञी

मिलन चाम्सको अनटाइटल प्रोजेक्टमा साम्राज्ञी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – लकडाउनपछिको समय अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहको लागि फलदायी देखिएको छ । गत वर्षको दशैँमा रिलिज ‘रातो टिका निधारमा’पछि कुनै पनि सिनेमा साइन नगरेकी साम्राज्ञी छोटो समयमै तीन सिनेमामा अनुबन्धित भएकी छन ।


महिना अगाडी मात्रै साम्राज्ञीले एक अनटाइटल प्रोजेक्ट साइन गरेकी थिइन् । उक्त प्रोजेक्टमा साम्राज्ञीसहित कलाकारहरु आना शर्मा र मनिष राउतले अभिनय गर्दैछन् । यस्तै केहि दिन अगाडी मात्रै पल शाहको अपोजिटमा सिनेमा ‘रेड वाइन’ साइन गरेकी साम्राज्ञी अर्को नयाँ सिनेमामा आवद्द भएको खबर बाहिरिएको छ ।

उनले निर्देशक मिलन चाम्सको एक अनटाइटल प्रोजेक्ट साइन गरेकी हुन् । ‘साम्राज्ञीसँग सिनेमाको लागि लिखित सम्झौता भइसकेको छ । र कथाको काम पनि अन्तिम चरणमा पुगेको छ ।’ निर्देशक चाम्सले जानकारी गराए ।

चाम्सले यो सिनेमाको छायांकन युरोपमा गर्दैछन् । जसको लागि एक नयाँ अभिनेताको खोजी भइरहेको छ । अर्को वर्षको सुरुवातमा फ्लोरमा निस्किने सिनेमाको लागि लिड अभिनेता अडिसन मार्फत छनोट गरिने चाम्सले जानकारी दिएका छन् ।