अनुमति बिना प्रहरी पोशाक प्रयोग गरेमा कारबाही हुने

अनुमति बिना प्रहरी पोशाक प्रयोग गरेमा कारबाही हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – प्रहरी प्रधान कार्यालय, नक्सालले सिनेमा, टेलीफिल्म, म्युजिक भिडियोलगायतका मनोरंजन मुलक भिडियोमा अनुमति लिएर मात्रै प्रहरी पोशाक प्रयोग गर्न आग्रह गरेको छ ।


केन्द्रिय प्रहरी प्रवक्ता कुवेर कडायतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चलचित्र, टेलीचलचित्र, शर्ट मुभी, प्र्यांक भिडियो, म्युजिक भिडियो, टिकटक भिडियो, टेलिभिजन तथा स्टेज कार्यक्रममा नेपाल प्रहरीले प्रयोग गर्ने पोशाकको दुरुपयोग भएकाले प्रहरी प्रधान कार्यालयको ध्यानाकर्षण भएको छ ।’

अबदेखि प्रहरी पोशाक प्रयोग गर्नुपुर्व प्रहरी प्रधान कार्यालय नक्सालको जनसम्पर्क तथा प्रचार-प्रसार इकाईबाट अनुमति लिन आग्रह गरिएको छ । यदि अनुमति बिना प्रहरी पोशाक प्रयोग भएमा प्रचलित कानुन बमोजिम कानुनि कारबाही गरिने विज्ञप्तिमा उल्लेख छ ।

प्रहरी प्रधान कार्यालयको विज्ञप्तिमा असन्तुष्टि जनाउदै केहि सिनेकर्मीले विरोध गरेका छन् । प्रहरीको यो कदमलाई सिनेकर्मीले पंचायती व्यवस्थाको संज्ञा दिएका छन् ।