७५ वर्षमा निर, पचासमा करिअर

७५ वर्षमा निर, पचासमा करिअर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनयमा पोख्त अभिनेता निर शाह ७५ वर्षमा लागेका छन् । कलाकारिता, निर्देशन, लेखनका विधामा सफल निरलाई नेपाली ‘भिष्म पितामह’ पनि भन्ने गरिन्छ ।


बुलन्द अभिनयका कारण थुप्रै अवार्ड जितिसकेका निरले बि.स. २०२७ सालमा सिनेमा ‘परिवर्तन’बाट डेब्यु गरेका थिए । २०४१ सालमा सिनेमा ‘बासुदेव’बाट उनले निर्देशन, निर्माण र लेखनको यात्रा पनि सुरु गरे ।

सय भन्दा बढी सिनेमामा अभिनय गरिसकेका निरले ‘बासुदेव’सहित ७ वटा सिनेमा निर्देशन गरेका छन् । उनि निर्देशित पछिल्लो सिनेमा ‘सेतो बाघ’ २०७१ सालमा रिलिज भएको थियो ।

निर नेपालको सरकारी टेलिभिजन ‘एटिभी’का संस्थापक अध्यक्षसमेत हुन् । अहिले पनि अभिनयमा सक्रिय निरले सिनेमा क्षेत्रमा आफ्नो जीवनको ५० वर्ष योगदान दिएका छन् । पहिलो सिनेमा रिलिजको हिसावले यसै सालको पुष १७ गते निरले नेपाली सिनेमामा ५० वर्षे यात्रा पुरा गर्दैछन् ।