सिनेमा ‘संस्कार’का लागि निशान र अस्मिताले दिए स्वर

सिनेमा ‘संस्कार’का लागि निशान र अस्मिताले दिए स्वर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – किशोर चौधरीको निर्देशनमा सिनेमा ‘संस्कार’ बन्ने भएको छ । कलाकार छनोटको चरणमा रहेको सिनेमाको एक गीत रेकर्ड गरिएको छ ।


‘चितवनको एअरपोर्ट’ बोलको गीतमा बुधबार निशान भट्टराई र अस्मिता अधिकारीले स्वर दिएका छन् । गीतमा निर्देशक चौधरीको शब्द शृजना र चन्द्रज्योति ढुंगानाको संगीत छ ।

बास्सा फिल्मस् प्रोडक्सनको व्यानरमा निर्माण हुने सिनेमा पारिवारिक कथामा बन्नेछ । साथै, सिनेमामा मनोरंजन र समाजोपयोगी संदेश पनि रहने निर्माता दिनेश कुँवरले बताए । सिनेमाको कथासमेत दिनेशले नै लेखेका छन् ।

तिहारपछि छायांकनमा जाने सिनेमालाई तनहुँ, पोखरा र बिरगंजमा खिचिनेछ । सिनेमाका सह निर्मातामा राजु अधिकारी, सुमन तेञ्जल र हरि भण्डारी छन् ।