नारायण त्रिपाठीको ‘द ससुरो’ फस्टलुक पोस्टर रिलिज

नारायण त्रिपाठीको ‘द ससुरो’ फस्टलुक पोस्टर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – एक समयका लोकप्रिय हास्य कलाकार नारायण त्रिपाठी लामो समयको अन्तरालपछि अभिनयमा फर्केका छन् । उनि अभिनित शर्ट सिनेमा ‘द सुसुरो’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।


पोस्टरमा कलाकार त्रिपाठी अमेरिका उडानको लागि तयारी गरिरहेका छन् । उनको अवतारले दर्शकमा कौतुहलता पैदा गर्छ ।

कमेडी जनराको सिनेमामा सुबोध थापाको कथा, पटकथा, संवाद र निर्देशन छ । मज्जाको इन्टरटेनमेन्ट प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा त्रिपाठीसँगै सुबोध थापा, सुबोध मोक्तान, अलिशा ढकाललगायतले अभिनय गरेका छन् ।

यहि दशैँमा रिलिज हुने सिनेमा १५ मिनेट माथिको हुने निर्देशक थापाले बताए ।

कथासार

सिनेमाको मुख्य पात्र ससुरो (नारायण त्रिपाठी) हुन् । उनकै वरिपरि सिनेमाको कथा घुम्नेछ । सुसुरो आफ्नो अमेरिकामा बस्ने छोरीसँग दशैँ मनाउन हानिन्छन ।

त्यहाँ पुगेर बल्ल उसलाई छोरी लिभिङ टुगेदरमा बसेको थाहा हुन्छ । त्यसपछि आउने ट्वीस्ट नै सिनेमाको मूल कथा हो ।