‘श्री’ फस्टलुक पोस्टर रिलिज

‘श्री’ फस्टलुक पोस्टर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – एभरेस्ट सूर्य बोहरा निर्देशित नयाँ सिनेमा ‘श्री’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । समसामयिक कथाबस्तु आधारित सिनेमा लकडाउनको बेला इन्डोरमा खिचिएको निर्माण पक्षले बताएको छ ।


निर्माण पक्षले यो सिनेमा जम्मा ७२ घण्टामा खिचिएको दावी गरेको छ । ‘७२ घण्टामै छायांकन सकाएको भएपनि सिनेमाले पूर्ण मनोरंजन र सामाजिक संदेश दिनेछ ।’ निर्देशक बोहराले बताए ।

सिनेमामा सन्दीप क्षेत्री, वर्षा सिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धरा भुषाल, रविन्द्र झा, भोलाराज सापकोटा, कमलजंग बोहरा (काजी), मोहनकृष्ण श्रेष्ठ, सविता गुरुङ, नविन श्रेष्ठ, श्यामसुन्दर पुडासैनी र बालकलाकार न्यासिका कार्कीलगायतले अभिनय गरेका छन् ।

एभरेस्ट सुर्य बोहरा व्यानर र ओएसआर डिजिटलको सहकार्यमा निर्मित सिनेमाका निर्माता श्री पराजुली र सविता गुरुङ हुन् ।


शिवम अधिकारीको लेखन रहेको सिनेमामा शेरबहादुर तामाङले छायांकन, एलिस कार्कीले ब्याकग्राउण्ड स्कोर र सुजन बडालले सम्पादनको काम गरेका छन् ।

यो सिनेमा ओटीटी प्लेटफर्ममा रिलिजको तयारी गरिएको छ । निर्देशक बोहराको जन्मदिनको अवसर पारेर निर्माण पक्षले सिनेमाको फस्टलुक सार्वजनिक गरेको हो ।