५७ वर्षमा ‘आमा’ !

५७ वर्षमा ‘आमा’ !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – वरिष्ठ अभिनेत्री मिथिला शर्मा आजबाट ५७ औँ वर्षमा प्रवेश गरेकी छन् । आफ्नो बुलन्द अभिनय क्षमताका कारण लोकप्रिय बनेकी मिथिलालाई सिनेकर्मी तथा शुभचिन्तकहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् ।


वि.सं. २०४३ सालमा ‘विश्वास’बाट अभिनय यात्रा प्रारम्भ गरेकी मिथिलाले सय भन्दा बढी सिनेमामा अभिनयको जादु पस्किसकेकी छन् । नृत्यमा पोख्त मिथिलाले केहि नाटकहरुमा पनि अभिनय गरिसकेकी छन् ।

आफ्नो जीवनको ३४ वर्ष सिनेमा क्षेत्रमा योगदान दिएकी मिथिला अहिले पनि अभिनयमा सक्रिय छिन् । उनको पछिल्लो रिलिज सिनेमा ‘आमा’ थियो । यो सिनेमाबाट पनि उनले दर्शक र समिक्षकबाट वाहवाही बटुलिन । ‘आमा’ रिलिजको दौरान मिथिलाले यो सिनेमा आफ्नो करिअरको दोस्रो टर्निङ प्वाइन्ट बन्ने बताएकी थिइन् ।

यसअघि नेपाली सिने क्षेत्रमा दिदिको उपनामबाट परिचित मिथिलालाई पछिल्लो सिनेमाले आमा उपनाम दिएको छ ।

मिथिलाले सन् २०१४ मा नेपालका पूर्व आईजीपी मोतीलाल बोहोरासँग विवाह गरेकी थिइन् । जतिबेला उनि ५० वर्षकी थिइन् ।

मिथिलाले ‘मुकुण्डो’, ‘सुख-दुःख’, ‘पच्चीस बसन्त’, ‘दिदि’, ‘लहना’, ‘आफ्नो मान्छे’, ‘मुना मदन’, ‘मेरी आमा’, ‘मुग्लान’, ‘नाइँ नभन्नु ल’, ‘मङ्गलम’, ‘कोहीनूर’लगायतका सिनेमामा अभिनय गरेकी छन् ।