‘भाँडाकुटी’मा मुकुन र बेनिशाको जोडी

‘भाँडाकुटी’मा मुकुन र बेनिशाको जोडी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘भाँडाकुटी’ बन्ने भएको छ । घटस्थापनाको अवसरमा शनिबार राजधानीमा एक कार्यक्रमका बीच ‘भाँडाकुटी’ घोषणा गरिएको हो ।


यो विवाह ड्रामालाई किरण बिकले निर्देशन गर्दैछन् । ‘वैवाहिक परिवेश र सामाजिक कथालाई सिनेमामा बुनेका छौँ ।’ अस्कर पासआउट बिकले बताए ।

यो सिनेमामा मुकुन भुषाल र बेनिशा हमाल मुख्य भूमिकामा देखिदैछन् । आगामी फागुनदेखि बुटवललगायतका स्थानमा खिचिने सिनेमामा कलम खड्काको लगानी रहनेछ ।

करोड माथिको बजेटमा निर्माण हुने सिनेमामा महावीर विश्वकर्मा, रिजेन थापा, शेखर सुवेदीलगायतले पनि अभिनय गर्नेछन् ।

गोपाल आचार्य एसोसियट निर्देशक रहने ‘भाँडाकुटी’मा निशल पौडेलको छायांकन, राजकुमार दर्जीको कोरियोग्राफी र भिम बिकको सम्पादन रहनेछ । सिनेमालाई आगामी वर्ष रिलिजको लक्ष्य राखिएको छ ।