anmol jasita

‘लप्पन छप्पन’ निर्देशकको एक्सन सिनेमामा पुष्प फाइनल

‘लप्पन छप्पन’ निर्देशकको एक्सन सिनेमामा पुष्प फाइनल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – कोरोनाले ठप्प नेपाली सिनेमा क्षेत्र बिस्तारै चलायमान बन्दैछ । सरकारले सिनेमा छायांकनको लागि अनुमति नदिएपनि केहि सिनेमा सुरक्षाका साधन अपनाएर फ्लोरमा उत्रिएका छन् ।

लकडाउन हटेपछि थुप्रै सिनेमा घोषणा भइसकेका छन् । तर, छायांकनमा जाने टुंगो भने लाग्न सकेको छैन । यसै बीच ‘लप्पन छप्पन’ निर्देशक मुकुन्द भट्टले नयाँ सिनेमा निर्माण गर्ने भएका छन् ।

एक्सन जनराको अनटाइटल प्रोजेक्टमा अभिनेता पुष्प खड्का फाइनल पनि भइसकेका छन् । पुष्प र निर्देशक भट्टको यो पहिलो सहकार्य हुनेछ । भने, लबर व्वायमा रुचाइएका पुष्पलाई पहिलो पटक फुल एक्सन अवतारमा देख्न पाइनेछ ।

‘कथाले मागे अनुसारको बडी स्टकचर र लुक्स सुहाउने भएकाले पुष्पलाई छनोट गरेका हौँ ।’ निर्देशक भट्टले भने । ‘पुष्पले सिनेमाको लागि ६ महिना एक्सन ट्रेनिङ लिनेछन् ।’

आउँदो चैतबाट फ्लोरमा जाने सिनेमाको स्क्रिप्ट निर्देशक भट्ट र टिम योगी मिलेर तयार गरिरहेका छन् ।

केहि समय अगाडी पुष्पले निर्देशक दीपक ओलीको सिनेमा ‘कृष्ण लीला’ साइन गरेका थिए । उनले सिनेमामा अभिनेत्री दीपिका प्रशाईसँग जोडी बाँध्दैछन् ।

यस्तै भट्ट निर्देशित सिनेमा ‘लप्पन छप्पन २’ प्रदर्शनको लागि तयार छ । कोरोना महामारीले गर्दा रिलिज पोस्टपोन्ड भएको सिनेमामा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाहीलगायतका कलाकारहरुको अभिनय छ ।