anmol jasita

आफ्नो आमाको गीतमा साम्राज्ञीको अभिनय

आफ्नो आमाको गीतमा साम्राज्ञीको अभिनय

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियोमा साम्राज्ञीको आमा नेहा राज्यलक्ष्मी शाहले आवाज दिएकी छन् ।


‘तिमि र म’ बोलको गीत रोमान्टिक बनाइएको छ । भिडियोमा साम्राज्ञीसँग देवांश राणाले जोडी बाँधेका छन् । दुईको केमेस्ट्री जमेको छ ।

गीतको बारेमा बोल्दै साम्राज्ञी भन्छिन्, ‘ममीले गाएको भएर यो म्युजिक भिडियो गरेको होइन । गीतको मर्म राम्रो लागेर अभिनयको लागि तयार भएकी हुँ ।’

विराज गौतमले शब्द र संगीत दिएको गीतको भिडियोमा बिशेषदेव पाण्डेको निर्देशन छ । भने, छायांकन र सम्पादनको काम बेसमेन्ट प्रोडक्सनले गरेको छ । यो म्युजिक भिडियोलाई निर्माता रमेश एमके पौडेलले प्रस्तुत गरेका हुन् ।

‘तिमि र म’ गीत रिलिज गरेपछि गायिका नेहाले अब सक्रिय भएर संगीत क्षेत्रमा लाग्ने जानकारी दिइन । साथै, पाइपलाइनमा भएका आधा दर्जन गीतहरु पनि बिस्तारै सार्वजनिक गर्दै जाने बताइन ।

यसअघि नेहाका ‘मेरो मनको सपना’, ‘फूली फुल्यो’ जस्ता गीतले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएका थिए ।

भारतीय संगीत गुरूसँग चार बर्ष शास्त्रीय संगीतको प्रशिक्षण लिएकी नेहाले आफू जिबन र जगतसँगै माया र साथ अनि जिबन संघर्षका गीत गाउँन बढी मन पराउने कुरा बताउछिन।