anmol jasita

२४ घण्टा भित्रै ट्रेन्डिङ शिर्ष स्थानमा ‘ए मेरो हजुर ३’

२४ घण्टा भित्रै ट्रेन्डिङ शिर्ष स्थानमा ‘ए मेरो हजुर ३’

द सिनेमा टाइम्स
0
Shares

 द सिनेमा टाइम्स, काठमाडौँ – अनमोल केसी र सुहाना थापा स्टारर सिनेमा ‘ए मेरो हजुर ३’ले युट्युब ट्रेन्डिङको शिर्ष स्थान कब्जा गरेको छ ।


रिलिज भएको २४ घण्टा नबित्दै यो सिनेमा ट्रेन्डिङको शिर्ष स्थानमा उक्लिएको हो । सिनेमाको सुरुवाती भ्युज पनि दमदार छ । २४ घण्टामा १५ लाख बढी भ्युज बटुलिसकेको सिनेमाको दर्शक प्रतिक्रिया पनि उत्साहपूर्ण छ ।

कमेन्ट बक्समा प्राय: दर्शकले सिनेमा मन परेको प्रतिक्रिया दिएका छन् । १ लाख बढी लाइक पाइसकेको सिनेमाको कमेन्ट बक्समा ७ हजार ७०० बढी प्रतिक्रिया आइसकेका छन् ।

झरना थापा निर्देशित सिनेमाबाट सबैभन्दा बढी तारिफ डेब्यु गर्ल सुहाना थापाले बटुलेकी छन् । पहिलो सिनेमामै देखिएको उनको अभिनय क्षमतालाई दर्शकले उत्कृष्ट भनेका छन् ।

डेढ वर्ष अगाडी प्रदर्शनमा आएको ‘ए मेरो हजुर ३’ले बक्सअफिसमा पनि दमदार व्यापार गरेको थियो । रिलिज भएपछि सिनेमा युट्युबमा मात्र नभएर टिकटकलगायतका सामाजिक संजालमा पनि भाइरल बनिरहेको छ । दर्शकले सिनेमाको टुक्राहरु काटेर सामाजिक संजालमा पोस्ट गरिरहेका छन् ।

सुनिलकुमार थापाले निर्माण गरेको सिनेमामा अनमोल र सुहानासँगै अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतमलगायतका कलाकारहरुको अभिनय छ ।

अनमोल र सुहाना स्टारर ‘ए मेरो हजुर ४’ भने अहिले छायांकन चरणमा छ ।