anmol jasita

संगीताको ‘आइसक्रिम’लाई दुई अन्तर्राष्ट्रिय अवार्ड

संगीताको ‘आइसक्रिम’लाई दुई अन्तर्राष्ट्रिय अवार्ड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – निर्देशक तथा संचारकर्मी संगीता श्रेष्ठले निर्देशन गरेको शर्ट सिनेमा ‘आइसक्रिम’ले ‘अफ्रिका फिल्म फर इम्प्याक्ट फेस्टिभल’मा दुई विधाको अवार्ड जित्न सफल भएको छ ।


निर्देशक श्रेष्ठले दिएको जानकारी अनुसार सिनेमा कुल पाँच विधामा मनोनित भएको थियो । जसमध्ये उत्कृष्ट बालकलाकार र सम्पादनको अवार्ड आफ्नो पोल्टामा परेको हो । बेस्ट सिनेमा, बेस्ट डाइरेक्सन र बेस्ट स्क्रिनप्लेको विधामा भने सिनेमाले अवार्ड जित्न सकेन ।

बाल यौन शेषणमाथि आधारित सिनेमामा योगिशा खत्रीले मुख्य भूमिका निर्वाह गरेकी छन् । ९ मिनेट लामो सिनेमाले सडकमा पैसा माग्दै हिड्ने एक बालिकाको कथा उठान गरेको छ ।

आफु निर्देशित सिनेमाले अन्तर्राष्ट्रिय फेस्टिभलमा दुई अवार्ड जितेपछि निर्देशक श्रेष्ठले खुसि व्यक्त गरेकी छन् । ३ नोभेम्बरदेखि ३ देखि ८ सम्म भर्चुअल रुपमा सम्पन्न भएको फेस्टिभलमा बिभिन्न देशका सिनेमाहरुको प्रतिस्पर्धा थियो ।

यो सिनेमा अमेरिकाको ‘बेस्ट अफ ल्याटिन अमेरिका सर्ट फिल्म फेस्टिभल’, युकेको ‘फस्ट टाइम फिल्ममेकर सेसन्स’, इटालीको ‘इन्टिमलेन्ट फिल्म फेस्टिभल’ र नेपालको ‘मानव अधिकार फिल्म फेस्टिभल’ मा पनि छनोट भइसकेको छ ।

निर्देशक संगीताले २०७५ सालमा रिलिज ‘कथा काठमाडौँ’बाट फिचर सिनेमा निर्देशनमा डेब्यु गरेकी थिइन् । उक्त सिनेमा बक्सअफिसमा सफलता नपाएपनि संगीताको निर्देशकीय क्षमताको भने प्रशंसा भएको थियो ।