anmol jasita

युट्युबमा रिलिज भयो विपिन, नम्रता र निश्चलको ‘प्रसाद’

युट्युबमा रिलिज भयो विपिन, नम्रता र निश्चलको ‘प्रसाद’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमामडौं – बक्सअफिसमा सफल सिनेमा ‘प्रसाद’ समाजिक सञ्जाल युट्युबमा रिलिज भएको छ । विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत अभिनित सिनेमा तिहार र छठको अबसर पारेर युट्युबमा रिलिज गरिएको हो । हलमा दर्शकको राम्रो साथ पाएको सिनेमाले समाजिक सञ्जाल युट्युबमा पनि दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ ।

सुभाष थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई सफल निर्देशक दिनेश राउतले निर्देशन गरेका हुन् । समिक्षक तथा रंग पत्रकार सुशिल पौडेलको कथा लेखन रहेको सिनेमाले समाजिक कथावस्तुलाई उठान गरेको छ । बिहिबार युट्युबमा रिलिज गरिएको सिनेमा ट्रेन्डिङको टप टेनमा समावेश छ । सिनेमालाई सुभाष थापाले निर्माण गरेका हुन् ।

युट्युबमा सिनेमा हेर्ने अधिकांश दर्शकले तीनै जना मुख्य कलाकारको अभिनयको निकै प्रशंसा गरेका छन् । निःसन्तान दम्पत्ती र उनीहरुको जीवनमा आइपर्ने आरोह अवरोहको मोडलाई सिनेमामा प्रस्तुत गरिएको छ ।साथै, सिनेमाले उठान गरेको बिषयवस्तुमा पनि दर्शकले खुलेरै तारिफ गरेका छन् ।

सिनेमाको हाल सिक्वेल र प्रिक्वेल बनाउने तयारी अन्तिम चरणमा पुगेको निर्माण टिमले जनाएको छ । ‘प्रसाद २’मा पनि विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतले मुख्य भूमिका निवार्ह गर्दैछन् ।