चलचित्र पत्रकार संघद्धारा पत्रकार गौतमको निधनमा शोक व्यक्त

चलचित्र पत्रकार संघद्धारा पत्रकार गौतमको निधनमा शोक व्यक्त

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमामडौं – रंग पत्रकार तथा समिक्षक गोकर्ण गौतमको मस्तिष्कको नशामा समस्या देखिएपछि उपचारको क्रममा बिहिबार निधन भएको थियो । उनको निधनमा चलचित्र पत्रकार संघले एक विज्ञप्ती जारी गर्दै शोक व्यक्त गरेको छ ।

रंग पत्रकार गौतमको बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्यूट अफ न्यूरोलोजिकल एन्ड एलाइड साइसेन्समा उपचार भैरहेको थियो । उनको मस्तिष्कको शल्यक्रियाको क्रममा अत्याधिक रक्तश्रापका कारण निधन भएको हो ।

कान्तिपुर दैनिकमा कार्यरत रंग पत्रकार तथा समिक्षक गोकर्ण गौतमको निधनमा जारी विज्ञप्तीमा गौतमले सिनेमा क्षेत्रमा लामो समयदेखि निडर भएर कलम चलाएको र संघको शुभचिन्तक रहेको उल्लेख गरिएको छ ।

संघद्धारा जारी विज्ञप्तीमा ३१ बर्षका गौतमको निधनले सिंगो पत्रकारिता क्षेत्रमा अपुरणिय क्षती पुगेको जनाइएको छ । सिनेमा क्षेत्रका राम्रा तथा नराम्रा पक्षमा निष्पक्ष रुपमा कलम चलाउँदै आएका गौतमको निधनमा सिंगो सिनेमा क्षेत्र र पत्रकारहरुले पनि सामाजिक सञ्जाल मार्फत शोक व्यक्त गरेका छन् ।