कोरोना माहामारीबीच अष्ट्रेलियामा ‘आमा’को दुई शो सम्पन्न

कोरोना माहामारीबीच अष्ट्रेलियामा ‘आमा’को दुई शो सम्पन्न

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमामडौं – दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको सिनेमा ‘आमा’को हाल अष्ट्रेलियाको विभिन्न राज्यमा प्रदर्शन भैरहेको छ । सिनेमाका सह-निर्माता सन्तोष अधिकारीले कोरोना प्रभावका बीच ‘आमा’ विदेशमा प्रदर्शन गरिरहेका छन् ।

कोरोना माहामारी पश्चात नेपालमा सिनेमा हल सञ्चालनमा आउन सकेका छैन् । यसैले विश्व नै कोरोना माहामारीको चपेटामा परिरहेको बेलामा नेपाली सिनेमालाई प्रवद्र्धन गर्ने उद्देश्यले ५० प्रतिशत अकुपेन्सीका साथ सिनेमा रिलिज गरिरहेको सह-निर्माता अधिकारीको भनाई छ ।

कोरोना माहामारी पश्चात आमाको अष्ट्रेलियामा शतप्रतिशत अकुपेन्सी सहित दुई शो सम्पन्न भैसकेका छन् । शर्मिला पाण्डेको लगानीमा निर्माण भएको सिनेमामा सिनेमामा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल, टिका पहारीलगायतका कलाकारहरुको अभिनय छ ।

निर्माता अधिकारीले यस्तो वेलामा पनि दर्शकले विदेशी भुमिमा नेपाली सिनेमा आमालाई दिएको साथले निकै हौसला प्रदान गरेको बताए । उनले आफ्नो आगामी सिनेमा ‘तीन जन्तु’ले हल खुल्ने वातावरणको प्रतिक्षा गरिरहेको पनि बताए ।