आर्यन र सलोनको ‘डिसेम्बर फल्स’ निर्माण घोषणा

आर्यन र सलोनको ‘डिसेम्बर फल्स’ निर्माण घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता आर्यन सिग्देल स्टारर सिनेमा ‘डिसेम्बर फल्स’को निर्माण घोषणा गरिएको छ । सस्पेन्स लभस्टोर कथामा निर्माण हुने सिनेमाको शनिबार राजधानीमा आयोजिक एक कार्यक्रमका बीच निर्माण घोषणा गरिएको हो ।

रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमामा सलोन बस्नेत,सुमन थापा,नागेन्द्र रिजाल,दयाराम दाहाल, नरेश भट्टराईलगायतका कलाकारको अभिनय रहनेछ । भने, हाल ‘डिसेम्बर फल्स’को लागी मुख्य अभिनेत्रीको खोजी भैरहेको छ ।

रामप्रसाद रिजालको प्रस्तुति रहेको सिनेमाका कार्यकारी निर्माता लक्ष्मण रिजाल हुन् । सिनेमामा भारतीय टेलिभिजन तथा सिनेमा उद्योगमा कार्यरत प्रवीण झालेको निर्देशन र रवी नायडुको छायाँकन रहनेछ । निर्माता लक्ष्मणले कायरा पश्चात अलि फरक तरिकाले काम गर्ने सोचअनुरुप निर्देशक र छायांकार बलिउडबाट चयन गरिएको जानकारी दिए ।

राजेन्द्र भट्टको लगानी रहने सिनेमा ‘डिसेम्बर फल्स’को कथा बिपीका खनालले लेखेकी हुन् । सिनेमामा बिरामीको उपचारमा संलग्न नर्सले भोग्नु पर्ने विभिन्न उतार चढावको कथालाई पेश गरिनेछ । केदार भुषालको पटकथा तथा संवाद रहने सिनेमाको माघको पहिलो साताबाट फ्लोरमा जानेछ ।

चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उनले ‘डिसेम्बर फल्स’ लाई सर्वाधिक सफलताको शुभकामना ब्यक्त गरे । ०७८ सालको साउन १ गतेलाई प्रदर्शन मिति तोकिएको सिनेमाका गीतमा दीपक शर्मा र कोसिस क्षेत्रीको संगीत भर्नेछन् । सिनेमाको काठमाडौ र पोखरामा छायाँकन गरिनेछ ।