सम्बन्धको कथा भन्ने सिनेमा ‘सम्बन्धक्’ सार्वजनिक

सम्बन्धको कथा भन्ने सिनेमा ‘सम्बन्धक्’ सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिद्धार्थ पुडासैनी निर्देशित लघु सिनेमा ‘सम्बन्धक्’ सार्वजनिक भएको छ । सिनेमा केहीदिन सामाजिक सञ्जाल युट्युबमा रिलिज गरिएको हो । सिनेमामा दाजु, बहिनी र भाइको कथा प्रस्तुत गरिएको छ ।

बहिनी नेहा ग्राफिक डिजाइन पढ्नका लागि अस्ट्रेलिया जान चाहन्छिन् । उसको योजनामा दाजु र भाइको भने साथ रहँदैन किनकि उनीहरू नेहामा निर्भर हुन्छन् । परिवारप्रतिको जिम्मेवारीकै कारण नेहाको विदेशीले योजना पूरा नहुने मोडमा पुग्छ । उनका लागि सम्बन्ध नै बन्धक बन्छ । बन्धनबाट फुत्कन नेहाले गर्ने संघर्ष सम्बन्धक्को कथा हो।

सिनेमाको कथा निर्देशक पुडासैनीले नै लेखन र सम्पादन गरेका हुन्। सिनेमामा कलाकारहरू मीरा खड्का, सन्देश शाक्य, सिमान्त पुडासैनी, आकांक्षा जिसी, सिद्दान्त पुडासैनीको अभिनय रहेको छ । टुनामुना प्रोडक्सनको प्रस्तुति सिनेमालाई मनिस पोखरेल र क्षितिज कार्कीले खिचेका हुन्।