निर्देशक सुब्रतले सार्वजनिक गरे एकैदिन पाँच गीतको भिडियो

निर्देशक सुब्रतले सार्वजनिक गरे एकैदिन पाँच गीतको भिडियो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – विवाहको महिना अर्थात मंसिर महिना सुरु भएसँगै विवाह सम्बन्धी गीतहरु रिलिज भैरहेका छन् । यस्तै, निर्देशक सुव्रतराज आचार्यले आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच विवाह सम्बन्धी पाँच ओटा गीको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

गीतकार विनिता खनालले विवाह सम्बन्धि गीति एल्बम ‘लगनगाँठो’मा उक्त गीतहरु समावेश छन् । एल्बममा ‘आयो है आयो’ (मेहेन्दी गीत), ‘धुतुरी धुतुरी बाजा बजाई’ (जन्ती गीत), ‘दौरा सुरुवाल चिटिक्कै’ (रत्यौली गीत), ‘विदाई गर्न छोरी तिमीलाई’ (दुलही अन्माउने गीत) र ‘छमछम पाउजु’ (रिसेप्सन गीत) रहेका छन् ।

कार्यक्रममा यी पाँचवटै गीतका भिडियो समेत एकसाथ सार्वजनिक गरिएको थियो । विवाहका पाँच गीतका भिडियोमध्ये आइतवार ‘मेहेन्दी’ यूट्युबमा सार्वजनिक गरिएको छ । रत्यौली, जन्ती, विदाई र रिसेप्सन गीत भने क्रमशः मंसिर ८, ९, ११ र १२ गते सार्वजनिक हुनेछन् । विवाहका यी पाँचैवटा गीतका भिडियोलाई सुव्रत राज आचार्यले निर्देशन गरेका हुन् ।

‘लगनगाँठो’ एल्बममा समावेश गीतमा किरण कँडेलको एकल संगीत छ । ‘आयो है आयो’ गीतमा प्रविशा अधिकारी, ‘धुतुरी धुतुरी बजा बजाई’ मा मेलिना राई र श्रीवास्तव खरेल, ‘दौरा सुरुवाल चिटिक्कै’ मा मिना निरौला, ‘विदाई गर्न छोरी तिमीलाई’ मा वानिका प्रधान र ‘छमछम पाउजु’ मा निकिता थापा र प्रताप दासले स्वर भरेका छन् ।

पाँचवटै विवाहका गीतको भिडियोमा विजु पार्की र रेश्मा घिमिरे दुलहा-दुलहीको भूमिकामा छन् । अभिषेक श्रेष्ठ, गरिमा शर्मा, शर्मिला मल्ल, शिशिर राणा, सम्झना बुढाथोकी, रश्मी भट्ट, हेमन्त गौतम, दिभास्ना त्वानको पनि भिडियोमा अभिनय छ । गीतको भिडियोका छायाँकार उत्सव दाहाल र उत्तम हुमागाईं हुन् । भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् ।

त्यस्तै, भिडियोमा क्रियटिभ डाइरेक्टर जया शर्मा र असिस्टेन्ट डाइरेक्टरको रुपमा साइव्रत आचार्य छन् । दिपेन्द्र तिमल्सिनाले ‘रत्यौली’, सुरेन्द्र बसेलले ‘मेहेन्दी र रिसेप्सन’ र सुवोल थापाले ‘जन्ती’ गीतको भिडियोमा कोरियोग्राफी गरेका छन् । गीतको भिडियो आकर्षक सेटअपमा खिचिएको छ ।