युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा ‘प्रसाद’, विपिन र नम्रतालाई उत्कृष्ट प्रतिक्रिया

युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा ‘प्रसाद’, विपिन र नम्रतालाई उत्कृष्ट प्रतिक्रिया

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दशैं र तिहारको अवसरमा एकपछि अर्को नेपाली सिनेमा युट्युबमा रिलिज भए । जसमध्येको एक हो विपिन कार्की स्टारर सिनेमा ‘प्रसाद’ । यो सिनेमा युट्युबमा रिलिज भएसँगै ट्रेन्डिङको शिर्ष स्थानमा कब्जा जमाउन सफल भएको छ ।

सिनेमामा विपिनका अलवा नम्रता श्रेष्ठ र निश्चल बस्नेतको पनि मुख्य भुमिका रहेको छ । युट्युबमा प्रसाद हेरेका दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । विषेश गरी सिनेमा हेरेका अधिकांश दर्शकले विपिनको अभिनयलाई उत्कृष्ट बताएका छन् । दिनेश राउतको निर्देशनमा निर्माण भएको सिनेमाले हलमा पनि दर्शकको राम्रो साथ पाएको थियो ।

सिनेमालाई युट्युबमा रिलिज भएको पाँच दिनमा १६ लाख ५३ हजार बढि भ्युज मिलेको छ । भने, ४३ हजार बढि लाइक्स, ३ हजार ४ सय बढि कमेन्ट गरेका छन् । निःसन्तान दम्पत्ती र उनीहरुको जीवनमा आइपर्ने आरोह अवरोहको मोडलाई सिनेमामा प्रस्तुत गरिएको छ ।साथै, सिनेमाले उठान गरेको बिषयवस्तुमा पनि दर्शकले खुलेरै तारिफ गरेका छन् ।

सुभाष थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई समिक्षक तथा रंग पत्रकार सुशिल पौडेलले लेखेका हुन् । सुभाष थापाले निर्माण गरेको सिनेमाको हाल सिक्वेल / प्रिक्वेल बनाउने तयारी अन्तिम चरणमा पुगेको निर्माण टिमले जनाएको छ । ‘प्रसाद २’मा पनि विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतले मुख्य भूमिका निवार्ह गर्दैछन् ।