अब हल चाँडै खुल्छ : दयाराम दाहाल

अब हल चाँडै खुल्छ : दयाराम दाहाल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं- कोरोना कहरको कारण सिनेमा हल बन्द छ । केहि समय देखि फिल्म छायांकनमा जान थाले पनि दर्शकले कहिले देखि हलमा सिनेमा हेर्न पाउने भन्ने अन्यौलमा छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले एक कार्यक्रममा हल छिट्टै खुल्ने बताए । ‘कोरोनाले हामी सबैलाई बाँधेको छ । यसबाट कसरी फुत्किने भनेर सोचिरहेका छौं । अब, हल पनि चाँडै खुल्छ । अहिले केहि सिनेमा घोषणा भइरहेका छन् । त्यसले सिने क्षेत्र सुचारु भयो भन्ने बुझाउँछ । कोभिडले केहि बेर अल्मलाए पनि सिनेमा रोकिएको छैन । विकास बोर्डले पनि सिनेमालाई रोकेको छैन’ उनले भने ।

लकडाउनपछि सरकारले सिनेमाको लागि कुनै मापदण्ड बनाएको छैन । तर चलचित्र विकास बोर्डले सिनेमा छायांकनको लागि अनुमति दिएको छ । विकास बोर्डका अध्यक्ष दाहाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउदै सिनेमाको काम अगाडी बढाउनु पर्ने बताउदै भने, ‘यो व्यक्ति विषेशको रहरले या कुनै दलको रहरले रोकिएको होइन ।

सिनेमा हल बन्द गर्दा सरकारले छायांकन पनि बन्द गर भन्न सकेको छैन । मैले दुई महिना अगाडी चलचित्र विकास बोर्डको तर्फबाट छायांकन जान र हल खोल्न पाँऊ भन्ने प्रस्ताव राखिसकेको छु । स्वास्थ्यको मापदण्ड अपनाउदै हामीले आफ्नो कामलाई अगाडी बढाउनुपर्छ ।’