‘ए मेरो हजुर ३’को रेकर्ड, १९ दिनमै करोड भ्युज

‘ए मेरो हजुर ३’को रेकर्ड, १९ दिनमै करोड भ्युज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुपरस्टार अनमोल केसी र सुहाना थापा अभिनित सिनेमा ‘ए मेरो हजुर ३’ले युट्युबमा रिलिज भएको छोटो समयमा नै करोड क्लबमा प्रवेश गरेको छ । यो सिनेमाले १९ दिनमा एक करोडबढि दर्शकको साथ पाएको हो ।

‘ए मेरो हजुर ३’ले सबैभन्दा छिटो युट्युबमा करोड भ्युज पाउने रेर्कड आफ्नो नाममा पार्न सफल भएको छ । सिनेमालाई बिस दिनमा एक करोड भ्युज, ३ लाख ३ हजार लाइक्स र २० हजार बढि कमेन्ट मिलेको छ । सिनेमा हेरेका अधिकांश दर्शकले अनमोल र सुहानाको जोडीलाई उत्कृष्ट प्रतिक्रिया दिएका छन् ।

यस्तै, झरना थापा निर्देशित सिनेमाबाट सबैभन्दा बढी तारिफ डेब्यु गर्ल सुहाना थापाले बटुलेकी छन् । पहिलो सिनेमामै देखिएको उनको अभिनय क्षमतालाई दर्शकले उत्कृष्ट भनेका छन् । डेढ वर्ष अगाडी प्रदर्शनमा आएको ‘ए मेरो हजुर ३’ले बक्सअफिसमा पनि दमदार व्यापार गरेको थियो ।

रिलिज भएपछि सिनेमा युट्युबमा मात्र नभएर टिकटकलगायतका सामाजिक संजालमा पनि भाइरल बनिरहेको छ । दर्शकले सिनेमाको टुक्राहरु काटेर सामाजिक संजालमा पोस्ट गरिरहेका छन् । सुनिलकुमार थापाले निर्माण गरेको सिनेमामा अनमोल र सुहानासँगै अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतमलगायतका कलाकारहरुको अभिनय छ ।

अनमोल र सुहाना स्टारर ‘ए मेरो हजुर ४’ भने अहिले छायांकन अन्तिम चरणमा छ ।