लोकेशन खोज्दै बुटवल पुगे बेनिशा र मुकुन

लोकेशन खोज्दै बुटवल पुगे बेनिशा र मुकुन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं- नायिका बेनिशा हमाल र नायक मुकुन भुषाल यतिबेला बुटवल पुगेका छन् । उनीहरु ‘भाँडाकुटी’ सिनेमा छायांकनको लागि लोकेशन हन्टिङमा निर्देशक किरण विकसँग बुटवल पुगेका हुन् ।

उनीहरु लोकेशन खोज्नुको साथै बुटवलमा रमाइरहेका छन् । नायिका बेनिशाले बुटवलको रमाइला पलका केहि तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् । कमल खड्काले निर्माण गर्न लागेको सिनेमाको सम्पूर्ण छायांकन बुटवल, रुपन्देही वरिपरि गरिनेछ ।

यो सिनेमा जातिय विभेको कथामा निर्माण हुनेछ । स्क्रिप्ट लेखनमा निर्देशक विकलाई आचार्य गोपालले सघाएका छन् । सिनेमामा मुकुन र बेनिशासँगै महावीर विश्वकर्मा, रिजेन थापा, शेखर सुवेदीलगायतको पनि अभिनय रहनेछ ।