सत्य-स्वरुपको ‘मैसाब’ भिडियो रिलिज

सत्य-स्वरुपको ‘मैसाब’ भिडियो रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कोरियोग्राफर कविराज गहतराजको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो ‘मैसाब’ रिलिज गरिएको छ । सार्वजनिक गीतमा सत्य-स्वरुपको संगीत तथा स्वर छ । भने, अमृत खतिवडा र स्वंयम सत्य-स्वरुपले शब्द रचना गरेका हुन् ।

‘मैसाब’लाई सिक्कीमका कैलाश राईले निर्माण गरेका हुन् । गीतको भिडियोमा चर्चित अभिनेता पल शाह र चोखेला शेर्पालाई फिचर्ड गरिएको छ । गीतको भिडियो र अडियो उत्कृष्ट बनेको छ ।

उदयराज पौडेलको एरेञ्ज रहेको गीतमा सुदिप बरालको छायाँकन, दिपकराज सुनारको छायाँकन र अर्जुन जिसीको सम्पादन छ ।