सरकारले सिनेमा क्षेत्रको अस्तित्व स्विकारेन : प्रदिप कुमार उदय

सरकारले सिनेमा क्षेत्रको अस्तित्व स्विकारेन : प्रदिप कुमार उदय

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं- नेपाल चलचित्र संघका निवर्तमान अध्यक्ष तथा निर्माता प्रदिप कुमार उदयले नेपाली सिने क्षेत्रको अस्तित्व मेटिने चिन्ता व्यक्त गरेका छन् । कोरोना कहरको कारण ठप्प भएको सिने क्षेत्र लामो समयसम्म चलायमान हुन नसकेको भन्दै सिनेकर्मीले समयमै ठोस कदम नचाले सिनेमा क्षेत्र संकटमा पर्ने उल्लेख गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै सिनेकर्मीलाई भलादमी भएको बताएका छन् । उनी लेख्छन्, ‘वर्तमान सरकारले नेपाली सिने क्षेत्रको अस्तित्व स्विकारेनन् । शुरु देखि नै भन्दै आएको छु । यो सरकार ‘दबाब’ र ‘आन्दोलन’ को भाषा मात्र बुझ्छ । अन्य सबै व्यवसायीको संगठनहरूले आन्दोलनको अल्टिमेटम दिए सरकारले तत्काल खोल्ने निर्णय गरे । तर हाम्रो क्षेत्र भलादमी…

एउटा विज्ञप्ती मात्र पनि निकालेर अल्टिमेटम दिएको भए शायद यो सरकारले सुन्थ्यो होला । तर हामी भलादमी…
अन्य मुलुकबाट भिजिट भिषामा विदेशी आउन पाउने र सम्पुर्ण अन्तर्राष्ट्रिय उडान खोल्ने समेत निर्णय भैसक्यो तर संचार मन्त्रालयबाट खोल्न सिफारिस सिने क्षेत्रको बारे सरकार मौन छ र पनि हामी चुप छौं । तर हामी भलादमी…

सरकार भन्दिनु पर्यो सिने क्षेत्रको यो मुलुकमा आवश्यकता छैन । बन्द गर्दिउ । सिनेमासंग सम्बन्धित सबै अनुमति पत्र खारेज गर्दिउ र भन्दिउ सिने क्षेत्रसंग सम्बन्धित कोहि पनि हाम्रो नागरिक होइन र यिनीहरुको संरक्षण गर्नु हाम्रो दायित्व होइन । हामी चुपचाप अर्को बाटो लाग्छौं । तर हामी भलादमी…
सिनेकर्मी मित्रहरू कति समय भलादमी बन्ने ?

अब त जागौं । अब त आफ्नो अस्तित्वको लागी लडौ । बुझौ चलचित्र विकास बोर्ड सरकारी निकाय हो । बोर्डले गम्भिरतापुर्वक सिने क्षेत्र खोल्ने पक्षमा लागे पनि सरकारले महत्व नदिन सक्छ । अब सिने क्षेत्र संग सम्बन्धित संघसंस्था स्वयं अग्रसर रहनु पर्छ आफ्नो अस्तित्वको लागि । नत्र दबाब र आन्दोलनको भाषा मात्र बुझ्ने सरकार हाम्रो क्षेत्रको अस्तित्व स्विकार्न तयार हुँदैन । होईन भने जसरी सिने क्षेत्र मात्र लामो समयदेखि बन्द छ त्यसरी नै सिने क्षेत्रसंग सम्बन्धित संघसंस्था बन्द गरौं ।’