नेपाल उद्योग वाणिज्य महासंघको सदस्यमा आकाश अधिकारी विजयी

नेपाल उद्योग वाणिज्य महासंघको सदस्यमा आकाश अधिकारी विजयी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं- निर्माता तथा निर्देशक आकाश अधिकारी नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा विजयी भएका छन् । शनिबार सम्पन्न भएको निर्वाचनमा उनी वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा ४९ मतले विजयी भएका हुन् ।

१०१ मतदान भएकोमा उनले ४९ मत प्राप्त गरेका छन् । उनले चन्द्र ढकाल प्यानलबाट उम्मेदारी दिएका थिए । उनीसँगै निर्माता तथा निर्देशक अशोक शर्माले किशोर प्रधान प्यानलबाट निर्वाचनमा उम्मेदारी दिएका थिए । तर अशोक पराजित भएका छन् ।

वस्तुगत तर्फबाट केन्द्रीय कार्यकारिणी सदस्य पदमा किशोर प्रधान र चन्द्र ढकाल प्यानलका ७–७ जना निर्वाचित भएका छन् । आकाश अधिकारी नेपाल चलचित्र निर्माता संघका अध्यक्ष समेत हुन् ।