‘रेड वाइन’बाट पल बाहिरिएसँगै पुष्पको इन्ट्री

‘रेड वाइन’बाट पल बाहिरिएसँगै पुष्पको इन्ट्री

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – छायाँकनको तयारीमा रहेको सिनेमा ‘रेड वाइन’बाट अभिनेता पल शाह बाहिरिएका छन् । रमेश एमके पौडेलको निर्देशनमा निर्माण हुने सिनेमामा पलको जोडी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग बाँधिएको थियो ।

छायाँकन सुरु नहुँदै सिनेमाबाट पल बाहिरिएसँगै अभिनेता पुष्प खड्काको इन्ट्री भएको छ । श्रोतले दिएको जानकारी अनुसार अभिनेता खड्का र निर्माण टिमबीच केहीदिन पहिले कागजी सम्झौता भैसकेको छ । सिनेमाको अधिकांश छायाँकन अमेरिका र बाँकी काठमाडौंमा हुनेछ ।

सबिर श्रेष्ठको पटकथा तथा संवाद रहेको सिनेमामा पुष्प र साम्राज्ञीले ‘मारुनी’ पश्चात दोस्रो पटक स्क्रिन सेयर गर्ने भएका हुन् । यो सिनेमामा दर्शकले पुष्प र साम्राज्ञीको जोडीलाई रुचाएका थिए । हाल अमेरिकामा रहेका पौडेलले यसअघि सिनेमा ‘रुद्रप्रिया’ र ‘रज्जा रानी’ निर्माण गरिसकेका छन् ।

निर्माता पौडेलकै कथा र गीत लेखन रहने सिनेमामा सन्दिप क्षेत्री र अमेरिका मै बसोबास गर्ने इमिली लामाको पनि अभिनय रहनेछ । आर्यन फिल्मस् प्रोडक्सन र बोधी एचडी अमेरिकाको व्यानरमा निर्माण हुने सिनेमामा पासाङ लामा र आर्यन पौडेलको लगानी रहनेछ । भने, सह-निर्मातामा निरु भण्डारी रहनेछिन ।