‘परदेशी २’ को रोकिएको छायांकन सुरु

‘परदेशी २’ को रोकिएको छायांकन सुरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– कोरोना कहरको कारण रोकिएको ‘परदेशी २’ को छायांकन सुरु भएको छ । गत बिहीबार देखी पाल्पामा सिनेमाको छायांकन भइरहेको छ ।

बिहीबार र शुक्रबार नायक दिलिपको केहि दृश्य खिचिएको थियो । उनी आफ्नो दृश्य खिचेर काठमाडौं फर्किसकेका छन् । यो सिनेमाको ७० प्रतिशत छायांकन लकडाउन हुनु भन्दा अगाडी नै सकिएको थियो ।

नारायण रायमाझीले निर्देशन गरेको सिनेमामा दिलिप रायमाझी, प्रकाश सपुत, केकी अधिकारी, वर्षा सिवाकोटी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लू लगायत कलाकारको अभिनय रहनेछ । निर्देशक रायमाझी र राजेश वंशलले निर्माण गरेको फिल्ममा गायक तथा अभिनेता प्रशान्त तामाङको पनि अभिनय रहनेछ ।

यो सिनेमाको कथा रमेश विजीले तयार पारेका हुन् । ‘परदेशी २’ सन् २०१५ को सुपरहिट सिनेमा ‘परदेशी’को सिक्वेल हो ।