हलिउड सिनेमा ‘टेक्स्ट फर यू’को सुटिङमा प्रियंका

हलिउड सिनेमा ‘टेक्स्ट फर यू’को सुटिङमा प्रियंका

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं- अभिनेत्री प्रियंका चोपडाले केहि दिन अगाडी हलिउड सिनेमा ‘वी क्यान बी हिरोज’ को ट्रेलर सार्वजनिक गरेकी थिइन् । हालै प्रियंकाले अर्काे सिनेमा ‘टेक्स्ट फर यू’को सुटिङ सुरु गरेकी छिन् ।

उनले आफ्नो इन्स्टाग्राम स्टोरी मार्फत नयाँ सिनेमाको सुटिङ सुरु गरेको जानकारी दिएकी हुन् । यो रोमान्टिक ड्रामा सिनेमा हो । प्रियंका यो सिनेमामा धोका पाएकी केटीको भुमिकामा देखिदैछिन् । उनी आफ्नो फियोन्सीलाई पुरानो नम्बरमा लगातार म्यासेज पठाउछिन् । यसै दौरान उनको आफ्नो जस्तै पिडा भोगिरहेको केटासँग भेटे हुन्छ ।

जिम स्ट्राउसको लेखन तथा निर्देशन रहेको सिनेमामा प्रियंकाको अपोजिट सैम ह्यूगन देखिदैछन् । यो सिनेमा जर्मन सिनेमा ‘एसएमएस फर डिच’को अंग्रेजी रीमेक हो ।