युट्युबमा हरिहर र क्रिस्टिनको ‘शुभ लभ’

युट्युबमा हरिहर र क्रिस्टिनको ‘शुभ लभ’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं- युवा ज्योतिष हरिहर अधिकारीको डेब्यु सिनेमा ‘शुभ लभ’ युट्युबमा सार्वजनिक भएको छ । यो सिनेमा सोमबार युट्युबमा सार्वजनिक गरिएको हो । पुरा फिल्म हेर्नुस् :

वास्तविक जीवनमा ज्योतिष हरिहर सिनेमामा पनि त्यही भुमिकामा छन् । सन्तोषबाबु लोहनीको निर्देशनमा बनेको सिनेमामा हरिहरसँगै क्रिस्टिन पौडेल, डा. सुर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोला, अनुज पाण्डे लगायत कलाकारको अभिनय छ । सिनेमामा प्रस्तुतकर्ता प्रदीपकुमार उदय अतिथि भुमिकामा छन् ।

बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमामा धर्मराज शर्मा सुवेदीको लगानी छ । हरिहरको कथा रहेको सिनेमामा अभिमन्यु निरवीको पटकथा तथा संवाद छ । रामेश्वर कार्कीले छायांकन गरेको सिनेमालाई बनिष शाह र भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् ।