आर्यनको ‘डिसेम्बर फल्स’मा उपासना अनुबन्धित

आर्यनको ‘डिसेम्बर फल्स’मा उपासना अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘डिसेम्बर फल्स’को मुख्य अभिनेत्रीमा उपासना सिंह ठकुरी अनुबन्ध भएकी छन् । उनले ‘कबड्डी कबड्डी कबड्डी’ पछि मंगलवार नयाँ सिनेमा ‘डिसेम्बर फल्स’ साइन गरेकी हुन् ।

क्याप्टेन डेव्यु गर्ल उपासनाले ‘डिसेम्बर फल्स’मा अभिनेता आर्यन सिग्देलसँँग पहिलो पटक स्क्रिन सेयर गर्नेछिन् । उपासनाले सिनेमामा आफ्नो भूमिका र स्क्रिप्ट मन परेका कारण काम गर्न तयार भएको बताएकी छन् । अभिनेता सिग्देलसँग राम्रो कथामा स्क्रिन शेयर गर्न पाउँदा उनी निकै उत्साहित छिन् ।

प्रविण झाको निर्देशनमा बन्न लागेको लभस्टोरी थ्रिलर सिनेमा ‘डिसेम्बर फल्स’ मा सलोन बस्नेत, सुमन थापा, नगेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराईलगायतका कलाकारको पनि अभिनय रहनेछ । राम प्रसाद रिजालको प्रस्तुतीमा निर्माण हुने सिनेमाको निर्मातामा राज कुमार भट्ट रहेका छन् । केदार भुषालको पटकथा तथा संवाद रहेको सिनेमामा रवि नाइडुको छायांकन रहनेछ ।

लक्ष्मण रिजाल कार्यकारी निर्माताको रुपमा रहेको सिनेमाको कथा विपिका खनालले लेखेकी हुन् । सिनेमामा बिरामीको उपचारमा संलग्न नर्सले भोग्नु पर्ने विभिन्न उतार चढावको कथालाई पेश गरिनेछ । केदार भुषालको पटकथा तथा संवाद रहने सिनेमाको माघको पहिलो साताबाट फ्लोरमा जानेछ ।

निर्माता लक्ष्मणले कायरा पश्चात अलि फरक तरिकाले काम गर्ने सोचअनुरुप निर्देशक र छायांकार बलिउडबाट चयन गरिएको बताएका छन् । अर्को बर्षको साउन १ गतेलाई प्रदर्शन मिति तोकिएको सिनेमाका गीतमा दीपक शर्मा र कोसिस क्षेत्रीको संगीत रहनेछ । सिनेमाको छायांकन काठमाडौं र पोखरामा हुनेछ ।