स्वास्थ्य मन्त्रालयको आग्रह अझै केहि समय सिनेमा हल नखोल्नु

स्वास्थ्य मन्त्रालयको आग्रह अझै केहि समय सिनेमा हल नखोल्नु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अझै केहीदिन सिनेमा हल नखोल्न अनुरोध गरेको छ । बुधबार मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उक्त निणर्यलाई १५ दिन कडाइका साथ लागु गर्न आग्रह गरेका छन् ।

हासम्म जारी गरिएका स्वास्थ्य मापदण्डका विषयमा पुनरावेदन गर्ने र संक्रमणको अवस्थालाई मध्यनजर गर्दै सिनेमा हल, रात्रिकालिन व्यवसायीहरु, धेरै मानिसहरु भेला हुने र जनस्वास्थ्यका मापदण्डहरु उलंघन हुनेखालका संघसंस्था तथा व्यवसायीहरु नखोल्न डा. गौतमले अनुरोध गरेका छन् ।

यसका साथै उनले सभा, सम्मेलन, भेला धर्ना घेराउलगायतका क्रियाकलाप पनि नर्गन भनेका छन् । मंसिर महिनापछि सिनेमा हल, विद्यालय खोल्दा थोरै संख्यामा जनस्वास्थ्यका मापदण्ड कडाइका साथ अवलम्बन गरेर मात्र खोल्न र यसका लागि स्वास्थ्य सेवा विभागसँगको समन्वयमा सीसीएमसीलाई पत्र लेखि पठाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय गरेको समेत मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।