चलचित्र विकास बोर्डलाई हलको चावी बुझाउँछौं : अशोक शर्मा

चलचित्र विकास बोर्डलाई हलको चावी बुझाउँछौं : अशोक शर्मा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं- नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले चलचित्र हल नखुल्दा आदोलनमा उत्रिने बताएका छन् । सरकारले सम्पुर्ण क्षेत्र खोल्दा अझै सिनेमा हललाई बन्देज लगाउदा संघका महासचिव अशोक शर्माले अब हलको चावी चलचित्र विकास बोर्डलाई बुझाउने बताए । ‘हाम्रो सरकारी निकाय भनेको नै चलचित्र विकास बोर्ड हो । त्यसैले अब हामी हलको चावी चलचित्र विकास बोर्डलाई बुझाउँदै धर्ना बस्नेछौं ।

सरकारले अझै हल खोल्ने अनुमति नदिए हामी आन्दोलनमा उत्रिन बाध्य हुनेछौं । अब पनि हल नखोल्ने हो भने हलको भाडा, कर्मचारीको तलब सबै सरकारले बेहोर्न पर्नेछ । हामी एक दुई दिन भित्रै चलचित्र संघका पदाधिकारीको बैठक बसि चरणबद्ध रुपमा आन्दोलनको कार्यक्रम अगाडी बढाउने छौं’ उनले भने ।

यता सरकारले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित रुपमा गर्दै आएको पत्रकार सम्मेलन मार्फत अझै १५ दिन हल नखोल्ने निर्णय काडाइका साथ लागु गर्न अनुरोध गरे तापनि यति छिटै हल खोल्ने अनुमति नदिन पनि सक्छ । किन भने जागेश्वर गौतमले सभा, सम्मेलन, भेला धर्ना घेराउलगायतको क्रियाकलाप पनि सो पत्रकार सम्मेलनमा नगर्न भनेका थिए ।

त्यस्तै, केहि दिन अगाडी सञ्चार मन्त्री पार्वत गुरुङले पनि बाह्रखरी अनलाइनलाई भनेका थिए, कोरोनाको हस्पट नै काठमाडौं भएकाले तत्काल हल खोल्न सकिदैन । तर हिजो मन्त्रालयमा चलचित्रकर्मीहरु संगको भेटमा हल सञ्चालन गर्नको लागि प्रस्ताव मन्त्री परिषदको बैठकमा लैजान्छु भनेका छन् । आज मन्त्री परिषदको बैठक बस्दैछ ।