कुमार निर्देशित ‘सम्बन्ध’को शिर्ष गीत रिलिज

कुमार निर्देशित ‘सम्बन्ध’को शिर्ष गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा निर्माण भएको टेलि सिरियल ‘सम्बन्ध’को शिर्ष गीत सार्वजनिक भएको छ । विकास चौधरी र नविन पन्तको शब्द रचना रहेको गीतमा उषा मलाह सिम्रनको स्वर छ ।

पारिवारिक टेलि सिरियलमा शिशिर राणा, सपना श्रेष्ठ, हर्षिका श्रेष्ठ, पुष्कर राउत, अस्मिता जुरेली, श्रेया दुलाल, प्रदिप गिरी, सुरेश क्षेत्री, उग्रसेन ढुंगाना, रविन्द्र अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ । गीता आचार्य, प्रवेश आचार्य, रवी केसी र सरला भण्डारीको लगानी रहेको टेलि सिरियलमा करुणा आचार्य प्रस्तुतकर्ताको रुपमा रहेकी छन् ।

काठमाडौंका विभिन्न स्थानमा छायांकन भएको टेलि सिरियलमा रामेश्वर हुमागाईंको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र बन्दे प्रसादको सम्पादन छ । टेलि सिरियलका मुख्य सहायक निर्देशक राम जे राउत हुन् । निर्देशक कुमारका अनुसार टेलि सिरियल आगामी माघ ३ गते शनिबारबाट प्राइम टाइम्स एचडी र रेड बर्डको युट्युबबाट प्रसारण हुनेछ ।