कृष्ण र मदनदासलाई हरितारा चलचित्र पुरस्कार

कृष्ण र मदनदासलाई हरितारा चलचित्र पुरस्कार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘हरिता चलचित्र पुरस्कार’को घोषणा गरिएको छ । शुक्रबार हरिता चलचित्र पुरस्कारको संरक्षक मनोज शम्शेर जबराको अध्यक्षतामा बसेको बैठकले २०७५ र २०७६ सालको पुरस्कार क्रमश: अभिनेता कृष्ण मल्ल, नाट्यकर्मी मदनदास श्रेष्ठ र गीतकार सहदेव ढुंगानालाई प्रदान गरिनेछ ।

लामो समयदेखि नेपाली सिनेमा क्षेत्रको उत्थान तथा संरक्षणमा योगदान र्पुयाए बापत कृष्ण मल्ल र मदनदास श्रेष्ठलाई पुरस्कार प्रदान गर्न लागिएको सदस्य सचिब मोहन निरौलाले बताए । नेपाली कला संस्कृतिको उत्थानमा योगदान र्पुयाएको भन्दै गीतकार सहदेव ढुंगानालाई २०७६ सालको ‘हरितारा चलचित्र पुरस्कार’ पुरस्कार प्रदान गर्न लागिएको हो । हरितारा पुरस्कारको राशी जनही २५ हजार रहेको छ ।

त्यस्तै, परिवर्तन नेपालले वि।सं २०७६ सालको दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार सञ्चारकर्मी राजेश खनाल र अभिनेत्री सपना श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । यो पुरस्कारको राशी जनही १० हजार रहेको छ । पुरस्कार तथा सम्मानको सिफारिस समितिमा मोहन निरौला, डिजाइनर सुन्दर श्रेष्ठ र सञ्चारकर्मी शान्तिप्रिय रहेका छन ।

परिवर्तन नेपालको शुक्रबार नै बसेको बैठकले ‘परिवर्तन सम्मान २०७६’बाट नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव मोहन पन्त, निर्देशक तथा अभिनेता विश्वदीप घिमिरे र निर्देशक अनि संचारकर्मी माधवराज खरेललाई पनि सम्मान गर्ने निर्णय गरेको छ ।