विवाह बन्धनमा बाँधिए श्वेता र विजयन्द्र

विवाह बन्धनमा बाँधिए श्वेता र विजयन्द्र

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री श्वेता खड्काले आज सोमबार अर्थात मंसिर २२ गते धनगढी निवासी विजयन्द्रसिंह रावतसँग लगनगाँठो कसेकी हुन् । प्रेमीसँग उनले गोकर्ण फरेष्ट रिसोर्टमा विवाह गरेकी छिन् ।

सिमित साथी र आफन्तमाझ श्वेता र विजयन्द्रको हिन्दू परम्परा अनुसार विवाह गरेका हुन् । श्वेतासँग विवाह गरेका विजयन्द्रको घरमा आमा बुवा सहित एक दाजु छन् । उनी घरका कान्छा छोरा हुन् ।

दुई परिवारको सहमतीमा उनीहरुले विवाह गरेका हुन् । अभिनेत्री तथा निर्मात्री श्वेता र व्यापारिक घरनाका विजयन्द्र गएको एक वर्षदेखि प्रेम सम्बन्ध थिए । यो जोडीलाई द सिनेमा टाइम्स परिवारको तर्फबाट सुखद् वैवाहिक जिवनको धेरै-धेरै शुभकामना ।

तस्वीर : WeddingCity को फेसबुक पेजबाट