विशालको ‘कहानी तिम्रो मेरो’मा केकी र निराजन

विशालको ‘कहानी तिम्रो मेरो’मा केकी र निराजन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं- ‘कोहल्पुर एक्सप्रेस’ निर्देशक विशाल भण्डारी नयाँ सिनेमाको तयारीमा छन् । सिनेमाको नाम ‘कहानी तिम्रो मेरो’ नाम राखिएको छ ।

‘थ्री प्रोडक्सन’ले निर्माण गर्न लागेको सिनेमामा नायिका केकी अधिकारी र निराजन प्रधान पक्का भएका छन् । सिनेमामा केकी र निराजन बाहेक अन्य कलाकारको छनोट हुन बाँकी छ । हाल सिनेमाको स्क्रिप्टमा काम भईरहेको छ । यो सिनेमा रोमान्टिक कमेडी जनरामा निर्माण हुनेछ ।

यहीँ टिमले केहि समय पहिला सिनेमा ‘बोक्सी घर’ बनाउने घोषणा गरेको थियो । निर्देशक विशाल अहिले ‘कमेडी च्याम्पियन सिजन २’ र ‘डान्स मास्टर लिल च्याम्स’ को तयारीमा पनि छन् । कमेडी च्याम्पियन सकिएलगत्तै विशालले ‘कहानी तिम्रो मेरो’को छायांकन सुरु गर्नेछन् ।