‘चिसो मान्छे’मा स्वस्तिमा अनुबन्धित

‘चिसो मान्छे’मा स्वस्तिमा अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दिपेन्द्र के खनालको निर्देशनमा निमार्ण हुने सिनेमा ‘चिसो मान्छे’को मुख्य भुमिकामा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । बुधबार स्वस्तिमा र निर्माण पक्षबीच लिखित सम्झौता भएको हो । सिनेमाले मानिसहरुमा देखिएको नैराश्यताको कथालाई प्रस्तुत गर्नेछ ।

सिनेमाका लागि निर्माणपक्षले केही समयअगाडिदेखि नै स्वस्तिमासँग कुरा चलाइरहेको थियो । स्वस्तिमाले सिनेमाको विषयवस्तु र आफूले काम गर्नुपर्ने भूमिका मन परेकाले काम गर्न तयार भएको बताइन् । बुझिएअनुसार स्वस्तिमाले सिनेमाका लागि महँगो पारिश्रमिक लिएकी छन् । तर, स्वस्तिमा र निर्माणपक्ष दुवैले पारिश्रमिकबारे भने खुलाएका छैनन् ।

डिएस डिजिटलको ब्यानरमा निमार्ण हुने सिनेमालाई शर्मिला पाण्डेले निर्माण गर्दैछिन् । सिनेमामा अहिलेको समयका मान्छेहरूको व्यवहारलाई प्रस्तुत गर्ने निर्देशक खनालले बताए । ‘चिसो मान्छे’को अर्को वर्षको भाद्र ११ गतेलाई प्रदर्शन मिति फाइनल गरिएको छ ।

दिपेन्द्र र स्वस्तिमाले ‘लभ लभ लभ’ पश्चात दोस्रो पटक सहकार्य गर्दैछन् । यही टिमले ‘चिसो मान्छे’ पश्चात सामाजिक कथावस्तुमा ‘लकडाउन’ शिर्षकमा नयाँ निर्माण गर्दैछन् ।